बाँकेमा कोरोना भाइरस संक्रमणबाट आज थप पाँच जनाको मृत्यु

[sharethis-inline-buttons]

३ जेठ, काठमाडौं ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट सोमबार थप पाँच जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा दाङका तीन जना, बाँके र कैलालीका एकरएकजना छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका(१ का ४८ वर्षीया महिला, तुलसीपुर(६ का ४५ वर्षीय पुरुष र दाङकै दंगीशरण गाउँपालिका(३ का ६३ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए ।
४८ वर्षीया महिलाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार बिहान ९स्१५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी ४५ पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ११स्४५ बजे मृत्यु भएको हो । उनीमा वैशाख ३० गते संक्रमण पुष्टि भएको थियो । यसैगरी ६३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार १२ बजे मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका(३ की ६७ वर्षीया महिलाको भेरी अस्पतालमा ९स्४५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो ।

कैलालीको कैलारी गाउँपालिका(७ का ३८ वर्षीय पुरुषको भेरी अस्पतालमा सोमबार बिहान १०स्१५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।


प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार ०९:४१