रुपन्देहीमा भने संक्रमितको संख्या दिन दिनै घट्दै,आज ३७७ जनामा संक्रमण ,१० जनाको मृत्यु

[sharethis-inline-buttons]

३ जेष्ठ,
मणीग्राम ।
केही दिन यता रुपन्देहीमा कोरोना संक्रमितको संख्यामा केही कमि आएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १ हजार ३३६ जनाको कोरोना परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यो कुल परीक्षणको करिब २८ प्रतिशत हो । रुपन्देहीमा केहीदिन अघि परीक्षणको ५० प्रतिशत भन्दा धेरैमा कोरोना संंक्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा ८३ महिला र ८१ पुरुष गरी १६४ संक्रमित थपिएका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा ७६, सिद्धार्थनगर नगरपालिकामा २८,देवदह नगरपालिकामा ३१, सियारी गाउँपालिकामा ११, सैनामैना नगरपालिकामा ३३, ओमसतिया गाउँपालिकामा १०, शुद्धोधन गाउँपालिकामा ९, मायादेवि गाउँपालिकामा ४, कन्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३र३ जना, गैहहवा गाउृँपालिकामा २, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा र रोहिणी गाउँपालिकामा १र१ जना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै रुपन्देहीमा कोरोनाका कुल संक्रमितको संख्या २३ हजार २५४ पुगेको छ भने १६ हजार २६५ जना निको भइसकेका छन् । हाल जिल्लामा ६ हजार ६२८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ । यो सँगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । आइतबार ६०८ जनाको कोरोना परीक्षण गर्दा ३९४ जनामा संक्रमण पुष्टि भएको थियो भने ६ जनाको मृत्यु भएको थियो ।


प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार १२:२३