महामारी,विपदबाट मृत्यु भएकाको फोटो सोसल मिडियाहरुमा नराखौं – प्रजिअ पाण्डे

[sharethis-inline-buttons]

लुदस, कपिलबस्तु । महामारी, विपद वा दुर्घटनामा मृत्यु हुनेहरुको फोटो सोसल मिडियाहरुमा नराख्न कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले आग्रह गरेका छन् । सो कारणले मृत्यु भएका व्यक्तिहरुको फोटो सोसल मिडियाहरूमा सार्वजनिक हुँदा समाजमा झन डर त्रासको वातावरण सिर्जना भएको उनले बताए ।

सोसल मिडियामा मृतकको फोटो राख्दा कमजोर हृदय भएका व्यक्तिलाई झनै मानसिक समस्या पर्ने भएको छ । प्रजिअ पाण्डेले भन्छन् ‘कसैले त हेर्नै नसकिने फोटो, भिडियो पनि राख्छन्’ ।

विशेषगरी अस्पतालमा उपचार हुँदै गर्दा मृत्युु भएको‘ । अस्पतालमा वा अन्यत्र पनि सम्बन्धित पक्षको अनुमति नलिई फोटो खिच्नु उचित न हुने उनले बताए ।


प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार १३:१२