सांसद कमालको पहलमा लिडो संस्थाद्धारा अस्पतालाई पाँच लाख हस्तान्तरण

ByLumbini Darpan Online

३ जेष्ठ २०७८, सोमबार १३:५२ ३ जेष्ठ २०७८, सोमबार १३:५२ ३ जेष्ठ २०७८, सोमबार १३:५२

संगीता भुसाल, तौलिहवा ।

नेपाली काँग्रेस पार्टिका केन्द्रिय सदस्य तथा प्रतिनिधीसभाका सांसद अतहर कमाल मुसलमानको पहलमा कपिलवस्तु अस्पताललाई पाँच लाख सहयोग प्रदान गरिएको छ । साँसद कमालको पहलमा कतार च्यारिटी र लुम्बिनी एकिकृत बिकास संस्था (लिडो) नेपालको सहयोगको पाँच लाख रुपैयाको चेक साँसद कमालले तौलिहवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जोडेलाई हस्तान्तरण गरेका छन् ।

अस्पताललाई कोभिडका बिरामीको लागि आवश्यक पर्ने अक्सिजन र अन्य स्वास्थ्य सामाग्री खरिद गर्ने प्रयोजनका लागी गरिएको चेक हस्तान्तरण कार्यक्रममा माहुरी होमका अध्यक्ष रवि ठाकुर, गैसस महासंघका उपाध्यक्ष जय प्रकाश पाण्डेय, बुद्धभुमी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कपिलदेव तिवारी, तौलिहवा अस्पतालका व्यवस्थापक रत्नाकर शुक्ला र लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासे लगायतको सहभागीता रहेको थियो । सहयोग रकम बुझ्दै कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले आफुहरुले प्रयाप्त पुर्व तयारी गरेको भए पनि कोरोना संक्रमण सोचे भन्दा भयावह स्वरुपमा देखिएको बताए । हामिले सोच भन्दा बढि नै भयावह अवस्थामा आयो ।” मेसु डाक्टर बन्जाडेले भने आफुहरुले पुर्व तयारी गरिए पनि संक्रमणका कारण बिरामीको संख्या एका एक बढ्दा व्यवस्थापनमा समस्या परेको उनले बताए । अहिले अस्पतालका स्वास्थ्यकर्मी २४ सै घण्टा खटिएर स्वास्थ्य सेवा दिदै आएको उनले प्रष्ट पारे ।

कपिलवस्तु अस्पतालमा उपचार गराउने कोभिडका बिरामीलाई उपचारमा सहयोग पुर्याउन अक्सिजन सहितका स्वास्थ्य सामाग्रीका लागि आफुले पहल गरि संस्थागत सहयोग गरेको साँसद कमालले बताए । केहि दिन अघि आफुले कोभिडकै कारण आफ्नै भाईलाई गुमाउनु परेको पिडालाई स्मरण गर्दै साँसद कमालले आगामी दिनमा समेत व्यक्तिगत र संस्थागत सहयोग गर्न आफु प्रतिबद्धता व्यक्त गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *