
लुदअ कपिलवस्तु, ३ जेष्ठ
कपिलबस्तु अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सांसद अभिषेक प्रताप शाहले एक लाख सहयोग गर्ने भएका छन् । सांसद शाहले सामाजिक सञ्जालबाट सहयोगको घोषणा गर्नुभएको हो । सांसद शाह कपिलबस्तु क्षेत्र नं. ३ का नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
सांसद शाह सोही क्षेत्रबाट ०६४ र ०७० सालका संविधानसभा र २०७४ सालको आम निर्वाचनमा समेत लगातार तीनपटक निर्वाचित भइसकेका छन् ।

