
कृष्ण पोखरेल
पाल्पा ४ जेठ
कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढ्दै गएपछि पाल्पा यही जेठ १५ गतेसम्म निषेधाज्ञाको समय लम्बिएको छ । संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रले तेस्रो पटक निषेधाज्ञा थप गरी जेठ १५ गते पर्याएको हो । पाल्पामा बैशाख १७ गते देखी निषेधाज्ञा जारी भएको छ । गुल्मी, रुपन्देही सहित छिमेकी जिल्लामा निषेधाज्ञा लम्बिएको र संक्रमित संख्या पनि थपिएकाले पाल्पामा पनि लम्बाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।
अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री खरिदका लागी बिहान ७ बजे देखि ९ बजेसम्म मात्रै खुल्ला गर्न, विवाह ब्रतबन्ध र संस्कारजन्य कार्यबाट संक्रमण फैलिएकाले सुरक्षाको मापदण्ड अनिवार्य पालना गरी १० बढी सहभागी नहुने र विकास निर्माण कार्यमा निर्माणस्थलमै क्याम्प खडा गरी कामदारहरु राख्ने र काम गर्न अनुरोध गरिएको छ । सोमबार जिल्लामा २ सय २१ जना नयाँ सक्रमित थपिएका छन् । संक्रमित मध्ये ५ भेन्टिलेटरमा ६९ जना अस्पतालको आइसोलेशनमा रहेका छन् । संक्रमण मुक्त हुने दर पनि बढेको एक सय चालिस जान संक्रमण मुक्त भएका छन् । १ हजार ५ सय ५६ संक्रिय संक्रमित रहेका छन् । घरमै बसेका संक्रमितका परिवारहरुले सुरक्षा मापदण्ड पुरा नगरी घर बाहिर निस्कने गरेकाले पनि समुदायस्तरमा संक्रमण दर बढेको जानकारीहरुले बताउँछन् ।

