तरकारी, फलफूल, दुग्ध र खाद्यान्न पसल ३ घण्टा मात्र खोल्न पाइने – पुर्बि नवलपरासी

जेष्ठ ४,

नवलपुर ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले नवलपुरमा तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ र खाद्यान्न पसल हरेक दिन विहान ६ बजेदेखि ९ बजेसम्म दैनिक ३ घण्टा मात्र सञ्चालन गर्न पाउने प्रशासनले जनाएको छ ।

 

तरकारी तथा फलफूल पसलमा सामग्री किन्ने बाहनामा घरबाट निस्केर दिन भर डुल्ने र संक्रमण फैलाउने गरको पाइएकोले यस्तो तरकारी, फलफूल, दुग्ध र खाद्यान्न पसल दैनिक ३ घण्टा मात्र सञ्चालन गर्न पाउने गरी आदेश जारी गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

त्यसैगरी तरकारी, फलफूल, दुग्ध र खाद्यान्न ढुवानी गरी ल्याइएको अवस्थामा भने अन्य समयमा पनि स्टोर गर्न पाइने प्रशासनले जनाएको छ

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *