केमा कोरोना संक्रमण उच्च विन्दुमा

ByLumbini Darpan Online

४ जेष्ठ २०७८, मंगलवार ०९:५८ ४ जेष्ठ २०७८, मंगलवार ०९:५८ ४ जेष्ठ २०७८, मंगलवार ०९:५८

४ जेठ, काठमाडौं ।
दोस्रो लहरको सुरुमै हटस्पट बनेको बाँकेमा कोरोना संक्रमण उच्च विन्दुमा पुगेको पछिल्ला तथ्यांकले देखाएको छ ।

वैशाख १ यता बाँकेमा मात्र १० हजार ६५१ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ७ हजार ७८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । बाँकेकका मात्र १८२ जनाको मृत्यु भएको छ । अस्पतालहरु संक्रमितले भरिएका छन् । भेरी अस्पतालमा २२८ जना र नेपालगञ्ज मेडिकल कलेजमा १४० जना संक्रमित उपचाररत छन् । सयभन्दा बढी संस्थागत आइसोलेसनमा छन् ।

हरेक दिन नयाँ संक्रमित पनि त्यति नै थपिएको छ । वैशाख २६ यताको तथ्यांकलाई हेर्ने हो भने कोरोना संक्रमणदर ७० प्रतिशत भन्दामाथि नै रहेको देखाउँछ । जस्तो, जेठ २ गते ११०७ नमुना परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भयो । संक्रमण दर ७२।२२ प्रतिशत छ ।

पछिल्ला तथ्यांकहरुले संक्रमण पिकमा पुगेर स्थिर भएको आंकलन गर्न सकिने भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे बताउँछन् । उनका अनुसार अस्पतालको फिभर क्लिनिक तथा प्राइभेट क्लिनिकमा बिरामी आउने संख्यामा केही कमी आएको छ ।
‘अस्पतालका बेडहरु भरिभराउ छन् ।

पिकमा पुगेर स्थिरमा रहेको कोरोना संक्रमण दर अब केही दिनपछि ओरालो लाग्ने उनको अनुमान छ । ‘संक्रमण दर घटेको हो कि होइन भनेर यकिन गर्न सेरो प्रिभ्रिलेन्स सर्बे गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो अध्ययनले समुदायमा रहेका मानिसमा एन्टिबडी डेभलप भएरनभएको थाहा हुन्छ ।’ एकसात पछि समुदायमा गएर यही वैज्ञानिक आधारमा अध्ययन गर्न उपयुक्त हुने डा। पाण्डेको सुझाव छ् । अध्ययनको क्रममा समुदायका मानिसमा ६०र७० प्रतिशत इम्युनिटी पावर विकास भएको पाइए संक्रमण कम भएर जाने उनी बताउँछन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कन्सल्टेन्ट फिजिसियन डाक्टर असीम किडवाईले पनि बाँकेमा संक्रमण पिकमा रहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *