बाणगंगाका बैंक तथा वित्तिय संसस्थाहरुको दैनिक सेवा हप्तामा २ दिन मात्र खुल्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, जेठ ४
कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरभित्र संचालनमा रहेका सम्पुर्ण बैंक तथा वित्तिय संसस्थाहरु हप्तामा २ दिन मात्र संचालन गर्नका लागि सुचना जारि गरेको छ । तीव्ररुपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई केहि हदसम्म रोकथामको लागि सुचना जरी गरिएको हो ।

नगरपालिकाले अन्यत्र छिमेकी स्थानीय तहहरुमा बैंक तथा वित्तिय संस्थाहरुको सेवा स्थगन भएकोले अन्यत्रका सेवाग्राहीहरु समेत यसै नगरपालिका अन्तर्गतका बैंक तथा वित्तिय संस्थाहरुमा सेवा लिन आउने हुँदा भिडभाड बढी हुने अवस्था रहेको र महामारी व्यवस्थापनको चेन ब्रेकको मर्मअनुसार हुने नदेखिएकोले नगरपालिकाले सुचना जारी गरि दुई दिन मात्र सेवा संचालन गर्न भनेको छ ।

बाणगंगा भित्र सचलनमा रहेका सबै बैंक ताथ वित्तिय संस्थाहरुले बोलपत्र, दरभाउपत्र सम्बन्धी बैंक ग्यारेन्टी जस्ता कार्यलाई सम्बन्धीत सेवाग्राहीको आवश्यक्ता अनुसारको सेवामा निरन्तर दिने भएको हो ।

सुचना अनुसार नगरले अन्य नियमित वित्तिय कारोवारको लागि आईतवार र बुधबार मात्र संचालन गर्न सबै बैंक तथा वित्तिय संसस्थाहरुलाई अनुरोध गरेको नगर प्रमुख मंगल प्रशाद थारुले बताए । नगरपालिका भित्रका अन्य संचालनमा रहेका व्यापार व्यवसायहरु समेत बन्द रहेका छन् ।

 


प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार १४:१८