अभियानको दशौं दिन पनी राहत र सहयोगमा निरन्तरता

[sharethis-inline-buttons]

लुदस, जेठ ४ ।

सामाजिक सेवा भावले ओतप्रोत हामी नेपाली ग्लोवल नामक अन्तराष्ट्रिय संस्था र कलाकर्मीहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघले बिगत १० दिन देखी निरन्तर रुपमा राहत तथा सहयोगका माध्यमबाट मानव सेवामा सक्रिय भैरहेको छ

अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकाले नेपाल सरकारले जारी गरेको लक डाउन (निशेधाज्ञा)का कारण आम नागरिकहरु समस्यामा परेका छन् ।

अभियानका क्रममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, अभियानकर्मीलाई स्वास्थ्य सामाग्री बितरण देखी लिएर लकडाउनका कारण समस्यामा परेका कलाकार, बेसाहारा, असहाय ,जेष्ठ नागरिक लगायत आम सर्वसाधारणलाई खाना खुवाउने देखी लिएर दाल, चामल,तेल,नुन लगायतका खाद्यान्न सामाग्री सहयोग गर्दे आएको छ ।

अभियानकै क्रममा आज सिन्धुली, बर्दिवास सडक खण्ड अन्र्तगत काठमाडौ,भक्तपुर, धुलिखेल लगायतका ७ वटा चेक पोष्टमा कार्यरत सुरक्षाकर्मीहरुलाई माक्स सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री बितरण गरिएको राष्ट्रिय संगीतकर्मी संघ महासचिव तथा बिपत व्यवस्थापन समितिका संयोजक विक्रम जंग शाहले बताएका छन् । कोभिड १९ को प्रकोपका बेला फ्रन्ट लाइनमा बसेर काम गर्ने सुरक्षाकर्मीहरु अत्यन्तै जोखिमका रहेको हुनाले सो सामाग्री बितरण गरिएको महासचिव शाहले बताएका छन् ।

रामेछाप जिल्लामा कोरोनाको जोखिम उच्च रहेकाले खाडादेवी गाउँपालिका र मातहतका सबै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हामी नेपाली ग्लोवलका अध्यक्ष तथा अभियान्ता अमृत लामाले बताएका छन् । सहयोग सामाग्रीको व्यवस्थापन हामी नेपाली ग्लोवल, राष्ट्रिय संगीतकर्मी संघ र विविटिएम् फाउण्डेशनले गरेको अभियान्ता लामाले बताए ।

यस्तो महामारीको अवस्थामा सबै जना सुरक्षित रहन आग्रह गर्दे यदी कोही कसैलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्नको समस्या परेमा आफुहरुलाई सम्पर्क गर्न अभियान्ताले अनुरोध समेत गरेका छन् ।


प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार १५:५२