
लुदस, पोखरा ।
कोरोना भाईरस कोभिड १९ को महामारी प्रकोपबाट सहकारी संस्थामा परेको प्रभाब र सहकारी संचालकहरुको भुमिका बिषयमा जुम प्रबिधिको प्रयोग मार्फत भर्चुअल बैठक सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष एबम संचालकहरुको साझा र छाता संगठन कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्स सेन्टरको आयोजनामा बुधबार सहकारीका अध्यक्षहरु तथा संचालकहरुको बैठकले गरेका बिभिन्न बिषयमा निर्णयहरु गरेको छ ।
बैठकले कोरोनाका कारण मृत्यु भएका घारिकुलो बचत तथा ऋण सहकारीका अध्यक्ष ढाकाराम ढकाल ,प्राइम सहकारीका संस्थापक अध्यक्ष अनिल जोशी लगायत देशभरीबाट दिबंगत भएका सहकारीकर्मीहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण तथा संक्रमित भई उपचाररत सहकारी अभियान्ता ,संचालकहरु एबम कर्मचारीहरुमा स्वास्थ लाभको कामना गदैँ कोभिड १९ को महामारीका कारण दिवंगत भएकाहरुमा शोक प्रस्ताब पारित गरेको छ । सहकारीका सदस्य, कर्मचारी र संचालकहरुको उद्दारको लागि आपतकालीन उद्दार समिति गठन गर्ने साथै आपतकालीन उद्दार गर्नको लागि न्युनतम १५ लाखको कोभिड उद्दार कोष खडा गरी अक्सिजन बैंक स्थापनाको लागी पहल गर्ने निर्णय गरेको छ सो को लागि मुट्ठी दान अभियान सहकारीका सदस्यहरु र कर्मचारीले न्युनतम ५ रुपियाँ , संचालक ले न्युनतम १०० रुपियाँ सहकारीहरूले न्युनतम २००० रुपियाँ सहयोग गर्न आहवान गर्ने निर्णय गरेको छ । बैठकले सहकारीहरूले अनिबार्य रुपमा आफ्ना सदस्यहरु संग निरन्तर भर्चुअल भेलाहरु गर्ने र सचेतना फैलाउने, सदस्यहरुलाइ आर्थिक सुरक्षाको महशुश गराउने र कोभिडको समयमा ब्याजदर कम्तिमा २ बिन्दु प्रतिशत वा सदस्यको बचतमा दिने आधार दर कायम हुने गरि राहात दिने कोभिड संक्रमित सदस्यहरुको उपचारको लागि १ लाख रुपियाँ सम्म ६ महिनाको लागि बिना ब्याज उपलब्ध गराउन पहल गर्ने, कर्मचारीहरुको लागि खोप अभियान, स्वास्थ्य बिमा र स्वास्थ्य सुरक्षाको लागि सामाग्री ब्यबस्थापन अभियान चलाउने र सदस्यहरुका व्यापार ब्यवसाय कोभिड पछाडी दिर्घकालिन रुपमा पुनर्स्थापित गर्न बिजनेश रिकभरी प्लान दिने जस्ता निर्णय गरेको कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्स सेन्टरका अध्यक्ष डिल्लीराम बरालले बताएका छन् ।
बैठकमा संचार बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष बिनोद ढुङगाना, कोप्सका सल्लाहकार टिकाराम पौडेल ,कोप्स कास्कीका फाईनान्सियल डाईरेक्टर सबिन जि सि ,सहकारी अभियान्ता युबराज पराजुली ,सहकारीका सात सिद्धान्त बाचन अनमोल साकोसका खेमराज बरालले आफना धारणा राखेका थिए । बैठकले बर्तमान महामारीको सामना गर्न सम्पूर्ण सहकारी संस्था र संचालक एक हुनुपर्ने निस्कर्ष निकालेको छ।उक्त अन्तरक्रियामा पोखरा महानगरपालिका सहकारी समिति सदस्य एबम कार्यपालिका सदस्य सन्तु सुवेदी ,कोप्स कास्कीका गर्भनर धर्मराज अर्याल , जयलक्ष्मी बचत तथा ऋण सहकारीका प्रबन्धक सुशील के.सी. कोप्सका जिल्ला समितिका पदाधिकारीहरुले आपतकालीन योजनाको बिषयमा आ आफ्नो धारणा पेश गरेका थिए।
बैठक कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्स सेन्टरका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षता र महासचिब रामचन्द्र शर्माको सहजीकरणका सम्पन्न भएको थियो ।