वाणगंगामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेठ ६

कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत जेष्ठ २ गते पिसीआर परिक्षण गरिएका ११३ जना मध्ये ९५ जनाको रिपोर्ट आएको हो । जसमा ७९ जनामा कोरोना संक्रमण देखिएको वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।

यस्तै १८ जनाको रिपोर्ट आउन बाँकी छ । आज थपिएका मध्ये सबैभन्दा धेरै वडा नम्बर ८ का रहेका छन् । वडा नम्बर ८ मा १६ जना, वडा नम्बर ९ का १४ जना, वडा नम्बर ३ का १२ जना, वडा नम्बर १ का ९ जना रहेका छन् । यस्तै वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का ५, वडा नम्बर ५ का ७, वडा नम्बर ६ मा १, वडा नम्बर ७ का ३, वडा नम्बर १० का ३ र वडा नम्बर ११ का ६ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै वाणगंगामा सक्रिय संक्रमित संख्या ५०८ पुगेको छ ।

 


प्रकाशित : २०७८ जेष्ठ ६, बिहीबार १४:०३