
७ जेठ, काठमाडौं ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ । उक्त छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा। शशांक कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ५ बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा नेताहरुबीच राष्ट्रपतिले तोकेको समयभित्र वैकल्पिक सरकार गठनका विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

