कपिलवस्तुका माओवादी नेता पाण्डेलाई गोली प्रहार गर्ने २ आरोपित सार्वजनिक

ByLumbini Darpan Online

७ जेष्ठ २०७८, शुक्रबार १४:२१ ७ जेष्ठ २०७८, शुक्रबार १४:२१ ७ जेष्ठ २०७८, शुक्रबार १४:२१

लुदअ कपिलवस्तु, ७ जेष्ठ
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दिपक पाण्डेमाथि गोली प्रहार गर्ने २ जना आरोपित सार्वजनिक भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गोली प्रहार गर्ने २ जना आरोपितलाई प्रकाउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ बस्ने साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।नेता पाण्डेमाथि ३ राउण्ड गोली प्रहार प्रहार भएको छ ।

उहाँको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ ।घटनामा संलग्नबाट लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, एक थान जंगी राउण्ड, एक थान खोका पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रकाउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण आफुले गोली प्रहार गरेको प्रहरी सामु स्विकार गरेका छन् । व्यक्तिगत दुष्मनीका कारण आफुले हत्याको योजना बनाएको पनि यादवले प्रहरी सामु बताएका छन् ।

नेता पाण्डे सडवाबाट तौलिहवा तर्फ आफ्नो निजी मोटरसाइकलमा आउँदै गर्दा उहाँमाथि गोली प्रहार भएको थियो । पाण्डेसंगै रहनुभएका अर्का भारतीय नागरिक मोहमद ईसाद खानपनि घाइते भएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *