महिलाको औला काटेर हत्या गर्ने ८ जना कारागार चलान

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ तौलिहवा, ७ जेठ
ठूलो आर्थिक प्रलोभनको भ्रममा परेर महिलाको हत्या गरि हातका औलाहरु काटेर बिक्री गर्ने गिरोहमा संलग्न ८ जना पुर्पक्षका लागी कारागार चलान भएका छन ।कपिलवस्तु अदालतको आदेशमा गिरोहमा संलग्न ८ जनालाई पुर्पक्षका लागि कपिलवस्तु कारागार चलान गरिएको हो ।कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका सँगै सिमा जोडिएको रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नम्बर ५ मनहरपुर बुडन्तपुर स्थित माईती घरमा बस्दै आएकी ४२ बर्षिय सरजहाँ दर्जी चैत्र १२ गते राती एकाएक घरबाट हराएकी थिईन ।

प्रहरीले चैत्र २० गते कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को बेतिया नदीमा बोरामा हालेर चार वटा ढुङ्गा समेत राखी फालिएको अवस्थाको उनको शव फेला पारेको थियो । बोरामा हालेर फालिएको महिलाको लासमा दुबै हातका बुढी औला बाहेकका आठ औंला काटिएको अवस्था थियो । अनुसन्धानको क्रममा सरजहाँ दर्जीलाई शुद्धोधन गाँउपालिका वडा नम्बर ६ बेतिया नदी छेउको चौरमा लगी गफ गरेर केहि बेर पछि हत्या गरेको खुल्न आएको थियो ।

उनलाई घटनास्थलमा बोलाउनेहरुमा कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका २ का अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमान थिए । चउरमा लगी गफगाफ गरेको दुई घण्टाकै अवधीमा दुबै जनाले मिलेर सरजहाँ दर्जीको घाटी थिचेर हत्या गरेको खुलेको थियो । हत्या पश्चात बेलालले उनका आठ औंला काटेको र दुबै जना मिली बोरामा हालेर बेती नदीमा फालेका थिए । अनुसन्धानका क्रममा हत्या गरि निज महिलाका हातका औलाहरु काटेर ल्याएमा प्रति औंला ७०/८० लाख मुल्य पर्ने भ्रमपुर्ण हल्लाको बिश्वासमा हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएकोछ


प्रकाशित : २०७८ जेष्ठ ७, शुक्रबार १४:२३