आज ७९१४ कोरोना संक्रमित थपिए , संक्रमणबाट १९३ जनाको मृत्यु

ByLumbini Darpan Online

९ जेष्ठ २०७८, आईतवार ११:१६ ९ जेष्ठ २०७८, आईतवार ११:१६ ९ जेष्ठ २०७८, आईतवार ११:१६

आज कोरोनाभाइरस कोभिड १९ बाट थप १ सय ९३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए ।

त्यसैगरि पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआरतर्फको परीक्षणमा ७ हजार ५९८ र एन्टीजेनतर्फको परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्र २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ७ सय ६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३ सय ६६ छन् । २४ घण्टामा ७ हजार ६६४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालको अवस्थामा १ हजार ७ सय २१ जना आईसीयूमा रहेको प्रवक्ता गौतमले जानकारी दिए । त्यसमध्ये ४ सय ८४ जना भेन्टीलेटरमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *