भारतको राजधानी दिल्लीमा लकडाउनको समय एक साताका लागि थपियो ।।

[sharethis-inline-buttons]

भारतको राजधानी दिल्लीमा थप एक साताका लागि लकडाउनको समय लम्ब्याइएको छ । कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरलाई ध्यानमा राखी दिल्ली सरकारले एक साताका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ३१ मे बिहान ५ बजेसम्मका लागि लकडाउनको समय थप गरिएको बताउनुभएको हो । त्यसबाहेक कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सकहरु जो आफै सङ्क्रमित भइ मृत्युवरण गरेका छन् उनीहरुका लागि पनि दिल्ली सरकारले राहतको घोषणा गरेको छ । मुख्यमन्त्री केजरीवालले कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक जो आफै सङ्क्रमित भएर मृत्युवरण गरेका छन् उनीहरुको परिवारलाई १ करोड रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गर्नुभयो ।


प्रकाशित : २०७८ जेष्ठ ९, आईतवार १२:४४