
९ जेठ, रुपन्देही ।
बुटवलमा थप १० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत ७ जना रूपन्देहीका र ३ जना गुल्मीका छन् ।
बुटवल १२, रूपन्देहीका ४२ वर्षीय पुरुषको ,बुटवल(८ रूपन्देहीको ५६ वर्षीय पुरुषको , बुटवल(११ रूपन्देहीकै ७२ वर्षीय महिलाको मृत्यु भएको छ । यस्तै शुद्धोधन गाउँपालिका ६ रूपन्देहीकी २६ वर्षीय महिलाको शनिबार ६ बजे, तिलोत्तमा २ रुपन्देहीका ६१ वर्षीय पुरूषको शनिबार , वुटवल(११ की ६१ वर्षीया महिलाको शनिबार र सियारी ५ रूपन्देहीकी ५६ वर्षीया महिलाको शनिबार मृत्यु भएको छ ।
यस्तै गुल्मीदरवार गाउँपालिका(५ गुल्मीका ४२ वर्षीय पुरुषको शनिबार दिउँसो , रेसुङगा नगरपालिका(९ की ६५ वर्षीया महिलाको आइतबार अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ भने मालिका गाउँपालिका(६ गुल्मीका ४८ वर्षीय पुरूषको आइतबार विहान २ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।

