जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्धारा अवैध काठ सहित दुईजनालाई पक्राउ

[sharethis-inline-buttons]

जेठ ९
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध काठ सहित दुईजनालाई पक्राउ गरी वन कार्यालयमा बुभाmएको छ । गएराति करिब साढे १० बजे रुपन्देहीको मर्चवारी गाउँपालिका पिप्रहवाबाट लु ३ प ८६८४ नम्बरको ट्याक्टरमा सिशौं जातको गुलिया काठ ल्याई सिद्धार्थनगर नगरपालिका वडा नं.४ एयर्पोर्ट स्थित अनलोड गरेको अबस्थामा कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्रउ गरेको प्रहरीले जनाएको छ । काठ अवैध काठ ल्याउनेमा संलग्न सिद्धार्थनगर नगरपालिका वडा नं.११ बस्ने रसुल मिया र कोटहीमाई गाउँपालिका वडा नं.६ बस्ने जितेन्द्र यादवसँग चेकजाँच गर्दा कागजात समेत फेला नपरेको दुवैजना सहित ट्रयाक्टर र ६३ गोलिया सिसौको काठ समेत आबश्यक कारवाहीको लागी आज जिल्ला वन कार्यालय रुपन्देहीमा पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रकाशित : २०७८ जेष्ठ ९, आईतवार १३:२४