ट्रेड युनियन कांग्रेसले श्रमिकका समस्या समाधान गर्ने बजेट ल्याउन माग

[sharethis-inline-buttons]

काठमाण्डौ –
नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकका समस्या समाधान गर्ने खालको बजेट ल्याउन माग गरेको छ । युनियनले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आर्थिक वर्ष २०७८र०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन आइतबार अर्थमन्त्रीसमक्ष माग गरेको हो ।

युनियनका अध्यक्ष पुष्कर आचार्यले कम आय भएका श्रमिक तथा स्वरोजगारहरुलाई आयकरलगायत अन्य कर र कर्जाको ब्याज मिनाहा गर्नुपर्ने बताउनुभयो । “कोरोना भाइरसको अग्रमोर्चामा खटिएका श्रमिकलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पीपीईलगायत स्वास्थ्य उपकरणका साथै बीमा र प्रोत्साहन सुविधा व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

यस्तै युनियनले साना तथा मझौला घरेलु उद्योग, कृषि तथा कृृषिजन्य उद्योगको विकास र विस्तार गरी नयाँ रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने, शिक्षकलगायत सम्पूर्ण श्रमिकलाई छिटोभन्दा छिटो निःशुल्क कोरोना खोप दिलाउने व्यवस्था गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकलगायतको आय करको सीमा वृद्धि गरी कम्तीमा पनि सात लाख रुपैयाँ कायम गर्नुपर्ने बताएको छ ।

युनियनका उपाध्यक्ष अजयकुमार राईले ट्रेड युनियन र व्यावसायिक सङ्घ, सङ्गठनको समेत प्रतिनिधित्व हुने गरी एक अधिकार सम्पन्न रोजगार प्रवर्द्धन बोर्डको स्थापना गर्नुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय तहमा श्रमिकको पञ्जीकरण गरी परिचय पत्र ९रासन कार्ड० उपलब्ध गराउने र त्यही परिचयपत्रका आधारमा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोरोनासँग सम्बन्धित राहत उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।


प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार ०८:३९