कोरोनाले थप १८५ जनाको मृत्यु, ७ हजार ४२५ जनामा संक्रमण पुष्टि

ByLumbini Darpan Online

१० जेष्ठ २०७८, सोमबार १०:५८ १० जेष्ठ २०७८, सोमबार १०:५८ १० जेष्ठ २०७८, सोमबार १०:५८

काठमाडौं जेठ १०,

कोरोना भाइरस संक्रमणबाट थप १८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । कूल २० हजार ४५३ जनाको कोरोना परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्मका कूल संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ । जसमध्ये ३ लाख ९८ हजार ४८३ संक्रमित निको भएका छन् । नेपालमा संक्रमण निको हुने दर ७६।६५ रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार १३५ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *