गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

ByLumbini Darpan Online

१० जेष्ठ २०७८, सोमबार १४:१६ १० जेष्ठ २०७८, सोमबार १४:१६ १० जेष्ठ २०७८, सोमबार १४:१६

लुदअ कपिलवस्तु, जेठ १०
गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दिपक पाण्डेलाई थप उपचारको लागी काठमाडौ लगिएको छ ।

युनिभर्सल मेडिकल कलेज भैरहवामा अपरेसनपछि भेन्टिलेटरमा उपचाररत पाण्डेलाई थप उपचारका लागी नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौ लगिएको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको अनुरोधमा गृह मन्त्रालय मार्फत भेन्टिलेटर सहित नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार हेलिकप्टर खर्च गृह मन्त्रालयले बेहोर्ने छ । पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं। ३ सडवाबाट तौलिहवा घर तर्फ जादै गरेको अवस्थामा पल्सर मोटरसाइकल सवार तीन जनाले गोली प्रहार गरेका थिए । गोली प्रहारमा संलग्न ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ ।

घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् । घटनाका अर्का अभियुक्त फरार छन् । उनी को थिए प्रहरीले गोप्य राखेको छ । पाण्डेसंगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *