एमाले नेता कार्कीको जन्मोत्सव कपिलवस्तु वाल गृहसंग

[sharethis-inline-buttons]

कपिलवस्तु, जेठ १२
‘तिमीले हरेक दिन जन्मदिन जसरी बाँच्नुपर्छ’ प्यारिस हिल्टनको यो भनाइभन्दा विपरीत तरिकाले जन्मदिन मनाउने चलन बढ्दो छ हिजोआज हाम्रा सहरबजार र गाउँघरमा। आर्थिक रूपमा सम्पन्न परिवारले मात्र होइन, जन्म दिन सामान्य परिवारले पनि मनाउन थालेका छन् । बालबालिका, युवा र ज्येष्ठ नागरिकको पनि जन्म दिन मनाउने चलन छ । धेरैजसो बालबालिकालाई जन्म दिन मनाउन खुब रहर लाग्छ। उनीहरू त जन्म दिनमा छरछिमेक साथीहरूलाई चकलेट बाँड्छन् ।

तर एक युवा नेताले आफ्नो जन्मोत्सव वाल गृहका वालवालिकाहरुसंग मनाएका छन् । अनेरास्ववियु कपिलवस्तु पुर्व अध्यक्ष नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी सचिवालय सदस्य विश्व कार्कीले जन्म दिनको अवसरमा कपिलवस्तु वाल गृहका वालवालिकासंग मनाएका हुन् । अन्य ठाउँमा खर्च गर्ने रकमले वाल गृहका वालवालिकाहरुको एक छाका खाना वापत आर्थिक सहयोग गरेका हुन् । उनले आफ्नो जन्मोत्सवको अवसरमा वाल गृहका अध्यक्ष गोपाल मणि ज्ञवालीलाई रु १० हजार हस्तान्त्रण गरेका हुन् ।

जन्म दिनमा होटल तथा रेष्टुरेण्टमा फजुल खर्च गर्न भन्दा वाल गृहमा रहेका साहारा विहिन वालवालिकाहरुलाई सहयोग गर्न पाउँदा गर्व महशुस भएको बताए । उनले जन्मोत्सवको अवसरमा समाजमा सकारात्मक प्रभाव पार्ने खालका सामाजिक कार्य गर्न सम्पुर्णलाई आग्रह गरे ।
वाल गृहका सम्पुर्ण वालवालिका, वाल गृहका अध्यक्ष, कार्यालय प्रमुख सम्पुर्णले कार्कीलाई जन्म दिनको शुभकामना दिंदै धन्यवाद व्यक्त गरे ।


प्रकाशित : २०७८ जेष्ठ १२, बुधबार ०३:५९