पाल्पाको बजेट ३ अर्व ८१ करोड ७५ लाख ।

[sharethis-inline-buttons]

पाल्पा  १६ जेठ

पाल्पामा आगामी आर्थिक बर्ष २०७८ ÷०७८ को लागी संघिय सरकारले ३ अर्व ९१ करोड ७५ लाख रुपैया विनियोजन गरेको छ । जसमा चालु तर्फ ३ अर्व ४० करोड ३४ लाख. र पुजीगत तर्फ ३१ करोड ४१ लाख  रकम विनियोजन भएको छ । पाल्पामा गत बर्ष ३ अर्व ६२ करोड रुपैया विनियोजन भएकोमा आगामी बर्षको लागी १९ करोड ७५ लाख रुपैया बढेर ३ अर्व ८१ करोड ७५ लाख रुपैया बजेट आएको हो ।  यस बर्ष सबै पालिकाहरुमा १ करोड देखी ५ करोड रुपैया सम्म बजेट बढेर आएको छ । बगनासकाली गाउँपालिकामा ३२ करोड २२ लाख रुपैया माथागढी गाउँपालिकामा ३९ करोड ३ लाख ,रम्भा गाउँपालिकामा ३१ करोड ३ लाख , रिव्दिकोट गाउँपालिकामा ३३ करोड ३३ लाख  रैनादेवीछहरा गाउँपालिकामा ४३ करोड ८३ लाख रुपैया विनियोजन भएको छ ।


प्रकाशित : २०७८ जेष्ठ १६, आईतवार ११:५६