
बुटवल –
रुपन्देहीमा ३८ दिन पछि दैनिक कोरोना संक्रमण दर सय भन्दा कममा झरेको छ । आइतबार थप ५१ जनामा संक्रमण पुष्टी भएको छ । यस अघि बैशाख ९ गते ६८ जना संक्रमित फेला परेका थिए । त्यसको भोलीपल्ट १० गते २ सय २७ संक्रमित थपिएका थिए । त्यस यता संक्रमण दर निरन्तर उकालो लागेर बैशाख २९ गते उच्च विन्दुमा पुगेको थियो । यो दिन ९ सय ७ जनामा संक्रमण पुष्टी भएको थियो । केही दिन यता संक्रमण दर घट्दै गएर आज सय भन्दा कममा झरेको हो ।
आज बुटवलमा १०, तिलोत्तमामा ९, देवदहमा ७, सिद्धार्थनगरमा ६, सैनामैनामा ५, गैडहवामा ३, सियारी ओमसतिया, लुम्बिनी सांस्कृतिक र शुद्धोधनमा दुई दुई जना तथा कञ्चन र सम्मरीमाइमा एक एक जना संक्रमित थपिएका छन्। यस्तै आज ३ सय जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ३३ मा झरेको छ । यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । यससँगै जिल्लामा मृत्यु हुने संक्रमितको संख्या ४ सय २१ पुगेको छ ।

