पहिरोका कारण अवरुद्घ अर्घाखाँची ठाडा अमराई जुकेना कच्चि सडकखण्ड संचालनमा

ByLumbini Darpan Online

१६ जेष्ठ २०७८, आईतवार १३:५१ १६ जेष्ठ २०७८, आईतवार १३:५१ १६ जेष्ठ २०७८, आईतवार १३:५१

जेष्ठ १६, अर्घाखाँची
लगातार बर्षाका कारण पहिरो जाँदा अवरुद्घ भएको अर्घाखाँची ठाडा अमराई जुकेना कच्चि सडकखण्ड अहिले संचालनमा आएको छ । सडकखण्डको जाडी खोलामा माथीबाट खसेको पहिरो हटाईएको छ । तर पानी पर्ना साथ माथीबाट लेदो खसेर सडक अवरुद्घ हुने देखिएको छ । आज बिहान देखि दिउँसो सम्म जेसिबीले निरन्तर पहिरो हटाएपछि सडक संचालनमा आएको हो । पहिरो हटाएपछि साना ढुवानीका गाडि तथा एम्बुलेन्स चल्न सक्ने सडक भएको छ । बर्षाका कारण सडकको विभिन्न ठाउँमा माथीबाट पहिरो खसेर हिलाम्मे बनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *