उच्च भारवाहनले जिर्ण पुल भत्कियो, स्थानियलाई सास्ती

[sharethis-inline-buttons]

नुर मोहम्मद खान

कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा पर्ने सापाहिया नालामा रहेको पक्की पुल भत्किदा स्थानिय तथा सो बाटो हिडने हरुलाई सास्ती भोग्नु परेको छ ।
सोहसा पतरिया हुँदै रुपन्देहि सिमा जोडने रोडमा पर्ने पुलबाट उच्च भार नदिजन्य बस्तु बोकेर ट्रिपरहरु हिड्दा पुल भत्किएको छ । लामो समयदेखि जिर्ण पुलमा कम क्षमताका साधनहरु चल्दै आएको भएतापनी केहिदिन यता लोड ट्रिपर नै चल्न थालेपछी पुल भत्किएको स्थानियले बताएका छन् ।

सो बाटो भई वडा कार्यलय पतरिया आउने सेवाग्राही अहिले अन्हराठ उचडिहवा प्रगतीनगर र वाणगंगा न.पा.१० कोरियाचोक हँुदै पाँच किलोमिटर घुमेर जान परेकोको वडा नं. १ का वडा अध्यक्ष तिलकराम यादव बताउछन ।

यस्तै आफनै गाउँ पालिका तथा वडा कार्यालय जान यो बाटो छोटो भएको भएतापनी पुल भत्कदा घुमाउरो बाटो जान बाध्यता रहेको पतरिया स्थानिय एवम् राष्ट्रिय युवा सँघ नेपाल जिल्ला सदस्य राकेश यादव को गुनासो छ । पुल  २०५२ सालमा गाँ.वि.स को ५० हजार र स्थानियको श्रमदान त्यसयता जिर्ण पुलको मर्मत संहारमा कसैको ध्यान पुग्न सकेको थिएन् ।


प्रकाशित : २०७८ जेष्ठ १७, सोमबार ०९:०४