जेष्ठ १७ अर्घाखाँची ।
अबिरल बर्षाका कारण सडक भत्किएपछि ढुवानी गर्न नसक्दा अर्घाखाँची र प्युठान जोड्ने माझीदमार चेउखोलामा निर्माणाधीन अवस्थामा रहेको मोटरवईल पुलको निर्माणकार्य अवरुद्घ भएको छ । शितगंगा ७ शिवादह सानाढुङ्रे माझिदमार मोटोरबाटो अन्तर्गत सानाढुङग्रे देखि पाखाचौर सडकखण्डको तिखेडाँडा,लाटाखोला र सारुडाँडामा पहिरो जाँदा सडक अवरुद्घ भएको छ । तर शितगंगा नगरपालीकाले बेलैमा पहिरो हटाउने काम नगरेपछि ढुवानी गर्न नपाउदा दुई जिल्ला जोड्ने झिमरूक माझीदमार चेउखोलामा निर्माणाधीन अवस्थामा रहेको मोटरवईल पुलको निर्माण कार्य अलपत्र परेको स्थानिय टिकाराम आचार्यले बताए ।
९० मिटर लम्बाई ११ मिटर चौडाई रहेको मोटरवईल पुलको निर्माण कार्य जारि रहेका बेला बर्षाका कारण सडक भत्किएपछि ढुवानी गर्न सकिएन , अहिले झिमरूक खोलाले ड्याम कटान गरि रहेको छ , खोलामा बाढि आउनासाथ पुल बगाउने स्थानिय सुन्दर आचार्यले गुनासो गरे । २०७४ सालमा संघिय सरकारबाट बहुबर्षिय योजना अन्तर्गत ९ करोड रकम बिनियोजित भएपछि २०७३ साल पौस २८ गते सम्झौता गरि अम्मर कन्ट्रशन प्रालीले पुल निर्माणको कामको जिम्मा लिएको थियो । अहिले पुलको करिव ७० प्रतिशत काम सम्पन्न भएको छ, तर असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गरि बुझाउनु पर्ने अन्तिम बेलामा सडक अवरुद्घ हुदा पुल निर्माणको काम रोकिएको हो । सडकमा खसेको पहिरो नगरपालीकाले नहटाए सम्म ढुवानी गर्न नसकिने तर जति सक्दो छिटो सडकको पहिरो हटाएमा निर्माणकार्य सुरू हुने टिकाराम आचार्यको भनाई छ ।
पहिरोले शितगंगा ७ को पाखाचौरको ५० रोपनी भन्दा बढि खेतियोग्य जमिनमा सिँचाई गर्ने नहर पहिरोले लगेपछि खेतमा धानको बीउ राख्न समेत नपाईएको स्थानिय हुमाकान्त आचार्यको गुनासो छ । पहिरोले नहर भत्काईदिएपछि करिव ७ लाख बराबरको क्षेति भएको उनले बताए । झिमरूक माझिदमारमा मोटरवईल पुल निर्माण भएपछि अर्घाखाँची र प्युठान जिल्लामा आयात निर्यातमा सजिलो हुने छ। ढुवानी आपूर्तिमा सहज बनाउन समयमै पहिरो हटाएर सडक संचालन गर्न स्थानियबासिन्दाले शितगंगा नगरपालीकालाई स्थानियले आग्रह समेत गरेका छन् ।
प्रकाशित : २०७८ जेष्ठ १७, सोमबार ११:२०