जेठ १७ अर्घाखाँची
अर्घाखाँचीको शितगंगा १२ तारिकेमा सोमबार दिउसो भएको ट्रयाक्टर दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि शितगंगा १४ बिक्रम बस्ने २५ बर्षिय सुरज पल्ली, सोही ठाउँका २० बर्षिय सन्दिप पुन,१९ बर्षिय नवराज झेडीमगर र २६ बर्षिय ललीत थापा घाईते भएका छन् । घाईते चारै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ ।
कपिलबस्तुबाट शितगंगाको सिद्धारामा विद्युत बिस्तारको लागि तार लिएर जादै गरेको लु ४ त ५४१२ नम्वरको ट्याक्टरको एक्कासी ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरिक्षक सन्दिप वेल्वासेले बताए । ट्रयाक्टरमा ७ जना सवार रहेका थिए




















