रोट्रयाक क्लब अफ बुद्धभूमिको अध्यक्षमा शिव खनाल

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु

रोट्रयाक क्लब अफ बुद्धभूमिको (२०२१/२०२२) का लागि अध्यक्ष पदको जिम्मेवारी मा शिव खनालले पाएका छन् । खनाल लोकदोहोरी प्रतिष्ठान कपिलवस्तुका सह सचिव समेत हुन ।

उनी विगत एक दशक देखी सामाजिक क्षेत्रका अभियानमा सकृय खनाल रोट्याक क्लब अफ बुद्धभूमिका संस्थापक सदस्य हुदै २ कार्यकाल सचिवको पदमा रही आफूलाई विगत ४ वर्षदेखि समाज सेवामा होम्दै आएका छन । खनालले रोट्याकका विभिन्न गतिविधिहरुमा सकृयपूर्वक भाग लिदै आएका छन ।

औपचारीक जुम मिटिङ मार्फत साधारण सभाबाट २०२१/२०२२ का लागि कार्य विभाजन गरिएको हो । जसमा क्लबको प्रेसिडेन्ट इलेक्ट लेखनाथ बेल्बासे, प्रेसिडेन्ड नोमिनी लिल बहादुर कुँवर, भ्वाइस प्रेसिडेन्ट शेखरनाथ खनाल, बोम प्रसाद पन्थी, सेक्रेटरी (सचिव) ईश्वरी प्रसाद भुसाल, ज्वाईन्ट सेक्रेटरी (सह सचिव) कृष्ण गिरी, ट्रेजर (कोषाध्यक्ष) विशाल गिरी, क्लब सर्भिस डिरेक्टर सुभास घिमिरे, कम्युनिटी सर्भिस डिरेक्टर सुशिला जिसी, प्रोफेशनल सर्भिस डिरेक्टर विकास आचार्य, इन्टरनेशनल सर्भिस डिरेक्टर विमर्श खनाल, सर्जेन्ट एटआम्स वर्षा लम्साल, पब्लिक रिलेशन डिरेक्टर कमल प्रसाद अधिकारी, मिडिया आउटरिच डिरेक्टर गणेश बेल्बासे संगमलाई जिम्मेवारी प्रदान गरिएको छ ।


ध्यक्षको पदवहाली पश्चात खनालले दिन दुखी र अप्ठयारोमा परेकाहरुको ऊद्धार एवम सहयोगलाई आफुले प्राथमिकता दिने बताएका छन ।

खनालले रोट्याक क्लब अफ बुद्धभूमि नेपाली समाजमा क्लव र यसको परिभाषाको चर्चा हुन नसकेकाले सरल र सहज तरीकाले रोट्याक क्लबबारे तल्लो स्तर सम्म पुर्‍याउन आवश्यक रहेको र दृढताका साथ लाग्ने बताए । रोट्याक क्लब नितान्त समाजसेवा भावले गठित संस्था भएको र यसमा आवद्ध हुनेले नै यस संस्थामा आर्थिक सहयोगमा सामाजिक क्षेत्रमा खर्च गरिने गरेको खनालले बताए ।


प्रकाशित : २०७८ जेष्ठ १८, मंगलवार ०१:४६