कोरोना परीक्षण -रुपन्देहीमा ३७८ जना निको५० जनामा संक्रमण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ८८८ जनाको कोरोना परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको भने ३७८ जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देहील जनाएको छ । जिल्लामा हिजो १४७ जनामा संक्रमित थपिएका थिए भने ८९० संक्रमणबाट मुक्त भएका थिए । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १३ संक्रमण पुष्टि भएको छ । यसैगरी बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ९÷९ जना, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा ३ जना, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २÷२ जना, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा १÷१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ५८१ पुगेको छ । जसमध्ये २४ हजार ३३३ जना निको भएका छन । हाल जिल्लामा १ हजार ८२० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।


प्रकाशित : २०७८ जेष्ठ १८, मंगलवार १३:२०