
जेठ १८
विश्व दुग्ध विदवसको अवसरपारेर लुम्बिनी प्रदेशका जिल्ला दुग्ध सहकारी संघहरु र अगुवा प्रारम्भिक दग्ध सकारी संस्थाका बीच आज अन्तक्र्रिया सम्पन्न भएको छ । प्रदेशमा दुग्ध सहकारीसंस्थाहरुका समस्या र समाधनका उपाय विषयक भर्चुअल अन्तक्र्रियामा करिब ५० जनाको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहभागितामा जिल्ला दुग्ध सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेयको अध्यक्षता तथा लुम्बिनी विशिष्टिकृत सहकारी संस्थाका अध्यक्ष डा.खगराज शर्माको सहजीकरणमा सम्पन्न कार्यक्रममा वक्ताहरुले दुग्ध सहकारीका समस्या तथा दुग्ध किसानहरुका समस्या माथि चर्चा गर्दै समाधानका उपाहरुमाथि प्रकाश पार्नुभएको थियो ।

