चीनले अनुदानमा दिएको कोभिड विरुद्धको खोप जेष्ठ नागरिकबाट दिन सुरु गरिने

ByLumbini Darpan Online

१९ जेष्ठ २०७८, बुधबार ०९:४६ १९ जेष्ठ २०७८, बुधबार ०९:४६ १९ जेष्ठ २०७८, बुधबार ०९:४६

चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेष्ठ नागरिकबाट दिन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त अनुदानको खोपलाई जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिन सुरु गर्ने भएको हो । पहिलो चरणमा देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले बताउनुभयो । चीनबाट प्राप्त हुने १० लाख डोज खोपले ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई पुग्ने मन्त्रालयले आंकलन गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। पौडेलकाअनुसार भेरोसेल खोप लगाउन खोप केन्द्रमा जाँदा नेपाली नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर जानुपर्ने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *