स्थापना दिवसमा मास्क र सेनेटाईजर हस्तान्तरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस
मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले आज २६ औ स्थापना दिवसको अवसर पारेर संचारकर्मी र सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
मानव अधिकारकर्मीहरुले जिल्ला को ४ नं मा बाणगंगामा कृयाशिल ४ एफ.एम र लुम्बिनी दर्पण तथा ईलाका प्रहरी कार्यालय पिपरालाई मास्क, सेनेटाईजर वितरण गरेको हो ।

मानव अधिकार तथा शान्ति समाजका सभापती गोविन्द्र पोख्रेललको अध्यक्षतामा संम्पन्न हस्तान्तरण कार्यक्रममा बोल्दै संचारकर्मी चन्द्रकान्त न्यौपानेले मानव अधिकारकर्मीको सहयोग अग्र स्थानमा खटिनेहरुका लागि प्रेरणादायि भएको भन्दै राज्यले समेत संचारकर्मीहरुलाई वेवास्था गरेका बेला मानवअधिकारकर्मीले अत्यन्तै सर्हानिय काम गरेको बताएका थिए ।

मानवअधिका तथा शान्ति समाजका सभापती पोख्रेलले यो विषम परिस्थितिमा नागरिकको सुरक्षा, र सुचनाका क्षेत्रबाट सुुसुचित गराउदा संचारकर्मी र सुरक्षाकर्मी अत्यन्तै जोखिम मोलेर अग्र स्थानमा खटिन पर्ने हुदाँ स्थापनाको अवसरमा सुरक्षात्मक सामाग्री र सुरक्षा निकायलाई पानी समेत हस्तान्तरण गरेको बताए

उनले यो अभियानले अन्य निकायलाई समेत ध्यानाकर्षण गर्ने उदेश्यले संम्झना र सहयोग स्वरुप हस्तान्तरण गरेको बताए । कार्यक्रम संस्थाका सचिव माधव घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ जेष्ठ १९, बुधबार १२:२२