तिलोत्तमामा समुदायस्तरमा कोरोनाको निःशुल्क परीक्षण , आज गरिएका परीक्षणमा सङ्क्रमितको सङ्ख्या न्युन

[sharethis-inline-buttons]

तिलोत्तमा, जेठ १९ ।
तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक (सर्ने प्रक्रिया रोक्न) गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पुर्याइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख बासुदेव घिमिरेले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकोले कन्ट्रयाक्ट ट्रेसिङमा परेका वा कोभिड–१९ को लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरबासीलाई पायक पर्ने परीक्षण स्थलमा गई कोरोना परीक्षण गराउन अनुरोध गर्नुभएको छ । नगरपालिकाले दुई वटा समूह बनाएर १७ वडामैं एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको हो । एन्टिजिन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुन्छ । नगरपालिकामा आज वडा नं. १३ र १६ मा परीक्षण गरिएको छ । वडा न्ां .१३ मा ५७ जनाको परीक्षण गर्दा ३ जनामा र वडा नं. १६मा ६७ जनाको परीक्षण गर्दा ६जनामा भोलि लागि वडा नं. ९ र १५ तोकिएको छ । यस्तै २१ गते वडा नं. १२ र १४, २२ गते वडा नं. ११ र ८, २३ गते वडा नं. १० र ७ मा कोरोना परीक्षण गर्ने कार्यतालिका छ । यसैगरी २४ गते वडा नं. ३ र ६, २५ गते वडा नं. २ र ५, २६ गते वडा नं. १ र ४ मा कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ । पछिल्लो समय समुदायस्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने आशंका भैरहँदा तिलोत्तमाले परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो । यो परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने र यसबाट महामारी नियन्त्रणका लागि आवश्यक थप योजना बनाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन केशव भट्टराईले बताउनुभयो ।


प्रकाशित : २०७८ जेष्ठ १९, बुधबार १३:२३