
रामु यादव
कपिलवस्तु
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिका वडा न.२ र ५, का विपन्न परिवारमा युवा नेता भगवान दास यादव(बी.डी.) ले खाध्यन्न समाग्री वितरण गरेका छन् ।
कोरोना महामारीको निधेषाज्ञाका कारण गाँस, बासको समस्यामा परेका विपन्न परिवारमा समाजसेवी तथा जनमत पार्टीको नेता समेत रहेका यादवले घर घरमै पुगेर राहत वितरण गरेका हुन् ।
खाना मानव जीवनको लागि अत्यावश्यक, भावपुणर् र जीवन उपयोगी आहार भएको हुनाले स्वास्थ्य पूणर् जीवन यापन गर्न को लागि खाध्यन्न समाग्री वितरण गरिएको यादवले बताए । गरिब, बिपन्न ,असहाय ,अशक्त,आर्थिक अवस्था कमजोर भएको र कोभिड १९ बाट सङ्क्रमित भएका परिवार लाई समेत खाध्यन्न समाग्री वितरण गरेको बताईएको छ । यादवले चामल,भुजा ,चाउचाउ लगाएतका सामाग्री वितरण गरेको जनाएका छन् ।
वितरण कार्यक्रममा जनमत पार्टीको युवा नेता हरिन्द्र प्रसाद यादव,शिव सुन्दर जय सवाल,साहेबदिन बिश्बकर्मा,राजेश यादव र टोल को व्यक्ति हरु लगाएतको उपस्थिति रहेको थियो।
खाध्यनन पाएपछी विपन्न परिवारले खु.सी व्यक्त गरेका थिए ।

