लक्ष्मणघाट संस्थाबाट बाणगंगा ५ मा पोषण सामाग्री सहयोग

[sharethis-inline-buttons]

लुदस,कपिलवस्तु – सामाजिक सेवा भावले ओतप्रोत लक्ष्मणघाट सामाजिक विकास केन्द्र र नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यमा आज बाणगंगा नगरपालिका वडा नं ५ भित्र रहेका कोरोना संकमितलाई पोषण सामाग्री सहयोग गरेको छ ।

अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएका छन् । यसै सन्दर्भमा पछिल्लो स्वस्थ्य चौकीले दिएको तथ्यांकको आधारमा सो सामाग्री बितरण गरिएको संस्थामा कार्यसमिति सदस्य तथा सहयोग समितिका संयोजक अंजित खनालले बताए ।

संस्थाले स्थापना काल देखी नै बिभिन्न किसिमका सामाजिक कामहरु गर्दे आइरहेको छ । गत बर्ष पनी स्वास्थ्य कर्मी र सुरक्षाकर्मीको उपस्थतिमा कोरोना सम्बन्धी सचेतनामुलक रयाली, सुचना ,हात धुने तरिका सम्बन्धि नमुना अभ्यास,प्ले कार्ड ,पोष्टर तथा पम्पलेट बितरणका कामहरु गरेको संस्थाका सचिव थानेश्वर अधिकारीले बताए । संस्थाले गत शुक्रबार वडा नं ६ मा रहेका कोरोना संक्रमितहरुका लागी पोषण सामाग्री सहयोग गरेको सचिव अधिकारीले बताए ।

कोरोना संक्रमितहरुका लागी पोषण सामाग्री अण्डा,चना, माक्स,साबुन लगायतका सामाग्री बितरण गरिएको छ । कार्यक्रमको समन्वय बाणगंगा नगरपालिका वडा नं ६ का वडा सदस्य बेचु थारु र कोपवा टोल विकास संस्थाका अध्यक्ष कमल अर्यालले गरेको लक्ष्मणघाट सामाजिक विकास केन्द्रका कोषाध्यक्ष सन्दिप न्यौपाने बताए । सहयोग कार्यक्रममा लक्ष्मणघाट सामाजिक विकास केन्द्रका अध्यक्ष रन बहादुर काउचा, आयोनका उपाध्यक्ष तथा लक्ष्मणघाट सामाजिक विकास केन्द सचिव थानेश्वर अधिकारी, सहयोग समितिका संयोजक अंजित खनाल, संस्थाका कोषाध्यक्ष सन्दिप न्यौपाने, सदस्य सागर पौडेल र बाबुराम बस्नेतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७८ जेष्ठ १९, बुधबार १४:४२