हेफर ईन्टरनेशनल बाट तिनाउ लाई १५ लाख सहयोग ।

ByLumbini Darpan Online

२२ जेष्ठ २०७८, शनिबार ०८:३२ २२ जेष्ठ २०७८, शनिबार ०८:३२ २२ जेष्ठ २०७८, शनिबार ०८:३२

 

पाल्पा २१ जेठ
हेफर ईन्टरनेशनल नेपालले तिनाउगाउँपालिकालाई रु १५ लाख कोभिड राहतकोषकालागि सहयोग स्वरुप हस्तान्तरण गरेको छ । स्थानीय साझेदार संस्था सामाजिकश्रोत विकास केन्द्र नेपालमार्फत राहतकोष हस्तान्तरण गरिएको हो ।
हेफर ईन्टरनेशन नेपालका कार्यक्रम प्रवन्धक अनन्तराज सिलवालले १५ लाख रुपैयाको चेक हस्तान्तरण गर्दै कोभिड १९ को महामारीबाट आक्रान्त बनेको अवस्थामा पालिकामार्फत सञ्चालन गरिएका राहतकाकार्यक्रममा साझेदारीमा हात बढाएको बताए । सहयोग हस्तानतरणमा सिलवालले हेफर ईन्टरनेशनल नेपालले पाल्पाका सवै स्थानीयतहहरुका लागि प्राथमिकताको आधारमा राहत तिरण गर्ने बताए ।
तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुन्दर श्रेष्ठले गाउँपालिकामा ६०० जनाको कोभिड परीक्षणगर्दा २८५ जनामा पोजेटिभ देखिएको अवस्थामा हेफर ईन्टरनेशनल नेपालले राहत स्वरुप उपलव्ध गराएको १५ लाख रुपैयाले ठुलो सहयोग पुग्ने वताए । गाउँपालिकाको पहलमा २२ बेडको क्वारेन्टिनतथा १० बेडको अस्पताल बनाई सेवाप्रवाहगर्दै आएको र बजेट कमीहुँदै गएको अवस्थामा हेफर ईन्टरनेशनल नेपालले गरेको सहयोगले हौसला थपिएको उनले बताए ।
तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले गाउँपालिकाको पहलमा ७०० थान कोभिड परीक्षण किट खरिद गरी कोरोना परीक्षण गर्दै आएको, क्वारेन्टिन र कोभिडविशेष अस्पतालबाट निरन्तर सेवाप्रवाहगर्दै आएको, बताए । दुःखको समया हेफरले गरेको १५ लाख सहयोग गाउँपालिकाको लागी प्राप्त भएकोले राहतकाकार्यक्रमलाई तथा अक्सिजनसिलिन्डर खरिदमा प्रयोग गर्ने अध्यक्ष घर्तीले बताए सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले हेफको सहयोगको बारेमा जानकारी गराएका थिए भने सञ्चालन कार्यक्रम संयोजक शिवन् यौपानेले गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *