विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार र शान्ति समाज कपिलवस्तुद्धारा वृक्षरोपण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
आज विश्व वातावरण दिवस । कोरोना महामारिका बिच नेपालमा विभिन्न कार्यक्रम सामान्य किसिमले गरी दिवस मनाइएको छ । अधिकांस स्थानमा आज वृक्षरोपण गरिएको छ । खाली र प्रति जग्गामा वोटविरुवा रोपी वातावरणको रक्षार्थ आज विभिन्न सघ संस्थाहरुले चेतनामूलक काम गरी मनाएका छन् ।

पर्यावरणप्रति राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले यो दिवस हरेक वर्ष मनाउने गरीन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो । तर, दिवस मनाउँदै आए पनि विश्वमै वातावरण संरक्षणमा भने चुनौती बढ्दै गएको छ ।

यसैबिच आज दिवसको अवसरमा कपिलवस्तु स्थित मानव अधिकार तथा शान्ति समाजले सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा विभिन्न जातका विरुवाहरु रोपेर यो दिवस मनाएको छ । विभिन्न ५ प्रजातिका विरुवाहरु रोपिएको शान्ति समाज कपिलवस्तुले जनाएको छ । वृक्षरोपण कार्यक्रममा समाजका सभापति गोबिन्द पोख्रेल, सचिव माधव घिमिरे, सदस्य गुरुदेव पौडेल, विष्णु पन्त, प्रविण पौडेल लगाएतको सहभागिता रहेको थियो ।

विद्यालयका अध्यक्ष प्रेमबहादुर राना, प्रधानाध्यापक अनिरुद्र पौडेल सहित जेसिज कपिलवस्तुका अभियान्ता चन्द्रकान्त पौडेल लगायत पनि वृक्षरोपणमा सहभागि हुनुभएको थियो । शान्ति समाज कपिलवस्तुका सभापति गोबिन्द पोख्रेलले विरुवा रोपेर मात्र नहुने भन्दै त्यसको संरक्षण गर्ने दायित्व विद्यालयको रहेको बताउनुभयो ।

वातावरण संरक्षण र स्वच्छ राख्न सके मानव स्वास्थ्य पनि स्वस्थ बन्न सक्ने सभापति प्रोख्रेलको भनाई छ । नेपालमा पनि बढ्दो सहरीकरण, प्राकृतिक सम्पदाको दोहन, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासीलगायत व्यवस्थित नहुँदा वातावरण संरक्षण्मा चुनौती बढ्दै गएको छ ।


प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार १३:५६