प्रकाश गौतम
तिलोत्तमा
जेठ २३
रुपन्देहीको लियो क्लब अफ भलवारी सिटिले पौष्टिक झोला अभियान र राहत वितरण कार्यक्रम जारी राखेको छ ।
तिलोत्तमाका विभिन्न क्षेत्रका युवा युवतीहरु द्वारा संचालित यश क्लबले बिगतको लकडाउन देखि लिएर आज सम्म निरन्तर रुपमा यो लकडाउनले निम्त्याएको भोकलाइ कम गर्ने हेतुले नै खाधन्न वितरण कार्यक्रम गरेको हो। खाधान्न वितरण कार्यक्रम सङै कोभिड(१९का कारण पौस्टिक आहारको कमि भएका कोभिड बिरामीलाइ पनि यश क्लबले पोशक झोला प्रदान गर्दै आएको छ। लाडाउनको यो समयमा राहत र पौष्टिक झोला वितरण गर्दै क्लबले कोही भोकै हन नपरोस भन्दे यो अभियान जारी राखेको हो । स्थापनाको छोटो समयमै तिलोत्तमा देखि लिएर बर्दघाट सम्मका कम भाग्यसाली व्यक्तिलाई सहयोग गर्दै आएको यश क्लबले दुखी तथा बेसाहराका लागि साहारा बनेको लायन्स क्लब अफ भलवारी सिटिका अध्यक्ष लायन श्रवण कुमार थापा खाम्चाले हामिलाइ जानकारी दिनु भयो।
हामी भन्दा कम भाग्यसाली व्यक्तिहरुको दुख देख्न सक्दैनौ त्यसैले नै हामी निरन्तर उहाँहरुका लागि अघि बढी रहन्छौ। म एक्लै हैन मेरो टिमको अथक मेहेनत र साथले नै आजको दिन सम्म सफल रुपमा समाजिक काम सम्पन्न गर्न सकेका कुरा क्लब का अध्यक्ष लियो रबिन जोशीले बताउनु भयो ।
साथै ूयदि कसैलाइ पनि दैनिक उपभोग्य बस्तु को आबस्यक्ता परेमा आफुुहरुलाइ सम्पर्क गर्न कार्यक्रमका संयोजक लियो कमल अर्याल जानकारी दिनु भयो साथै सम्पुर्ण को सल्लाह सुझाव तथा आर्थिक एवम भौतिक सहयोगको लागि अपिल पनि पनि गर्नु भएको छ ।।