तानसेन २३ जेठ ।
निषेधाज्ञाको समयमा १ महिना सम्म बन्द भएका पाल्पाका बैकहरु दैनिक ३ घण्टा संचालन भएका छन । जेठ २३ गते देखी विहान ७ बजे देखी १० बजे सम्म बाणिज्य तथा विकास बैकहरु संचालन गर्ने निर्यण जिल्ला स्तरीय कोभिड व्यबस्थापन समितीले निर्यण गरेको छ । अन्य वित्तिय संस्था लघु विकास बैक, सहकारी फाईनान्स लगायत संस्थाहरु भने संचालन गर्न नपाईने निर्यण बैठकले गरेको छ ।
१ महिना सम्म बैकहरु बन्दा हुदा कारोवार पुर्ण रुपमा बन्द भएको, मानिसहरुको दैनिकी छाक टार्न समेत पैसाको अभाव भएको, गाउँ गाउँमा रेमिट्यान्स बन्द हुदा, दैनिक गुजारा चलाउन समस्या परेको आवाज बढेपछी बैठक बैकहरु संचालन गर्ने निर्यण गरेको हो । पाल्पामा दैनिक करोडौको रेमिट्यान्सको कारोवार हुदै आएको छ ।
आज विहान बसेको सिसिएमसीको बैठकले तरकारी, मासु तथा फलफुल, किराना पसल विहान ७ बजे देखी ९ बजे सम्म संचालन गर्ने, सरकारी तथा निजी कार्यालय संघ संस्था पुर्णरुपमा बन्द गर्ने, अत्यावश्यक बाहेकका निजी तथा सरकारी सवारी साधन बन्द गर्ने निर्यण गरेको छ । बैठकले आउदो जेठ ३१ गते सम्म निषेधाज्ञा जारी राख्ने निर्यण गरेको छ ।



















