ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देहीको सिद्धार्थनगर भैरहवा क्षेत्रका मुख्य सडकको डिभाइडरमा धमाधम बुद्धमूर्ति राख्ने काम

लुम्बिनी दर्पण २०७८ जेष्ठ २४, सोमबार १०:४७
[sharethis-inline-buttons]

भैरहवा, जेठ २४ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका मुख्य सडकको डिभाइडरमा धमाधम बुद्धमूर्ति राख्ने काम भइरहेको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने काम जारी छ ।
पहेंलो धातुले लेपन गरिएका मेटलका मूर्ति सडकको बीच भाग (डिभाइडर) मा ठडाउन सुरु छ । यसले नगरको सौन्दर्यता थप सुन्दर बनाउँदै लगेको छ । लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालय अन्तर्गत पर्यटक डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट अहिले मूर्ति राख्ने काम भइरहेको हो ।

कार्यालयले बुद्धमूर्ति उपभोक्ता समिति गठन गरेर अहिले धमाधम मूर्ति राखिरहेको छ । उपभोक्ता समिति अध्यक्ष भरतकुमार पोखरेलले चालु आर्थिक वर्षभित्रै बुद्ध चोकदेखि गौतमबुद्ध विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिने जानकारी दिए । उनले भने, ‘सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान अन्तर्गत अहिले मूर्ति राख्ने काम जारी छ । यसले नगरको सुन्दरता थप गर्ने छ ।’

पोखरेलका अनुसार कोरोना महामारीले मूर्ति राख्न केही ढिलाइ भए पनि आबभित्रै सबै मूर्ति राख्ने गरी दु्रत गतिमा काम भएको छ । ‘डेढ महिना अघि मात्रै उपभोक्ता समिति गठन भएको हो । यसबीचमा निषेधाज्ञाले काममा केही ढिलाइ भएको छ । तर पनि हामीले रातदिन नभनी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गरिराखेका छौं’, उनले भने ।

अहिले मूर्ति राख्नका लागि पिलर बनाउने काम अन्तिम चरणमा पुगेको छ । काठमाडौंको पाटनमा मूर्ति धमाधम तयार भइरहेका छन् । ६ वटा मूर्ति भैरहवा ल्याएर जडानको काम जारी छ । ‘बाँकी मूर्ति पनि आवभित्रै तयार हुन्छन्, त्यसपछि हामीले यहाँ ल्याएर जडान गर्नेछौं’, उपभोक्ता समिति कोषाध्यक्ष कृष्ण भट्टराईले भने ।

अघिल्लो आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाले बुद्धमूर्ति व्यवस्थापन उपभोक्ता समिति गठन गरेर भैरहवाको अंचलपुरदेखि बेलहिया बाइपास सडकसम्म बुद्धमूर्ति राखेको थियो । उक्त समतिको पनि अध्यक्ष भएर पोखरेलले काम गरेका थिए । त्यसबेला नगरले ४६ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने उपभोक्ता समितिले विभिन्न संघसंस्था र उद्योगी–व्यवसायीसँग सहकार्य गरी २५ लाख रुपैयाँ सहयोग उठाएर मूर्ति व्यवस्थापनको काम गरेको थियो ।

उक्त रकमबाट अघिल्लो वर्ष १९ वटा बुद्धमूर्ति सडक डिभाइडरमा राखिएको छ । सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकालाई बुद्धमय बनाउने अभियानअनुसार मूर्ति राख्ने काम भइरहेको जनाए । उनले भने, ‘यो शान्तिभूमि, पर्यटकीय नगर हो । यहाँ जति सुन्दरीकरण गर्न सक्यौं । यसले नगरको गरिमा मुलुकमा मात्रै नभई देशविदेशमा पनि जान्छ ।’

सहज अवस्थामा बेलहिया नाका हुँदै लाखौं विदेशी पर्यटक नेपाल भित्रिन्छन् । नाकाबाट आउने पर्यटकले पहिलो पाइल नगरमै टेक्ने भएकाले यहाँ बुद्ध चिनारीका कुनै वस्तु नहुँदा बुद्धभूमि आएकोसमेत थाहा पाउँदैनथे । अहिले बुद्धमूर्ति राखिए पछि पर्यटकले नाकामा आउँदावित्तिकै बुद्धभूमिमा आएको महसुस गर्न सक्ने अधिकारीले बताए । उपभोक्ता समिति अध्यक्ष पोखरेलले भैरहवालाई शान्ति र सुन्दर नगरी बनाउन चाहेको र सोहीअनुसार जनप्रतिनिधिसँग हातेमालो गरेर आफूहरुले काम गरिरहेको बताए । ‘सिद्धार्थनगर भनेको बुद्धस्थल हो । नेपाल आउने पर्यटकले शान्तिको सन्देश लिएर जानुपर्छ । सिद्धार्थनगर, लुम्बिनी र नेपालप्रति पर्यटकको माया थप बढोस् । उनीहरुले बुद्धको ज्ञान संसार भरी छरुन भन्ने उद्देश्यले मूर्ति राखिएको हो’, पोखरेलले भने ।

 


प्रकाशित : २०७८ जेष्ठ २४, सोमबार १०:४७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech