
हरि आचार्य कपिलवस्तु, जेठ २४
विगत देखिनै युवाहरुको हक हितको संरक्षण गरि पैरवी गर्दै आएको युवा नेतृत्व नेपाल युवा संस्था संजाल (आयोन) को आयोजना, यु.एस.ए.आई.डि. तथा आई. एफ.ई. एस. को आर्थिक सहयोगमा सुशासनका लागि युवा, युवा नेतृत्व दोस्रो तालिम सुरु भएको छ ।
कपिलवस्तुमा सुरु गरिएको तालिम विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) कारण भर्चुवल रुपमा सञ्चालन गरिएको सुशासनका लागि युवा परियोजनाका म्यानेजर अस्मिता थापाले जानकारी दिनुभयो ।
विशेष गरि युवाहरुलाई निर्वाचनको महत्व, आवश्यकता, सुशासनका लागि युवाको भुमिकाको बारेमा जानकारी दिई तिनिहरुको माध्यमबाट समाजका नागरिकलाई पनि सुशुचित गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
तालिमको पहिलो दिन आयोनका उपाध्यक्ष अशोक खनालले लोकतन्त्र, यसका तत्व, समावेशी लोकतन्त्र, यसको परिभाषा लगायत विभिन्न विषयमा सहजिकरण गर्नुभएको थियो ।
त्यस्तै आयोनका उपाध्यक्ष थानेश्वर अधिकारीले पनि पत्र लेखन, यसको महत्व र पत्र लेखन विधिको बारेमा स्पष्ट पार्नुभएको थियो ।
कपिलवस्तुका २२ जना युवाहरुको सक्रिय सहभागिता रहेको तालिममा विभिन्न अभ्यासहरु पनि गरिएको तालिममा सहभागि भोजराज बन्जाडेले बताउनुभयो ।