कपिलवस्तुमा ९ हजार ५ सय १८ जनालाई भेरोसेल खोप लगाइँदै, कुन स्थानिय तहमा कहाँ कहाँ ?

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेठ २४
कपिलवस्तुमा कोरोना विरुद्धको ’भेरोसेल’ खोप भोलि मंगलबारदेखि लगाईने तयारी भएको छ । जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समुहका ९ हजार ५ सय १८ जनालाई खोप लगाइने तयारी भएको हो । जिल्लाभरका १७वटा खोप केन्द्रबाट कोभिड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । ’जिल्लाका सबै पालिकामा गरि १७ वटा केन्द्रबाट खोप लगाइन्छ, ६२ देखि ६४ उमेर समूहकालाई मात्रै हो ।’स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले भने ।

खोप लगाउन आउनेले नागरिकता, उमेर खुल्ने कागजात वा वडाको सिफारिस लिएर आउनुपर्नेछ। यस अघि पहिलो चरणमा स्वास्थ्यकर्मि, सुरक्षा कर्मी सरसफाइकर्मी, सञ्चारकर्मी लगायतलाई कोरोना विरुद्धको खोप लगाइएको थियो । दोस्रो चरणमा ६५ वर्ष माथिकाले लगाएका थिए । यद्यपी उक्त खोपको दोस्रो डोज खोप अझै लगाउन पाएका छैनन्। तेस्रो चरणमा चिनबाट आएको भेरोसेल खोप मंगलबारदेखी लगाउन थालिएको हो ।

बुद्धभूमि नगरपालिका भित्रका २ खोप केन्द्रबाट ६२ देखि ६४ बर्षका जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाउन लगाउने ब्यवस्था मिलाइएको छ । नगरपालिका भित्रका जयनगर स्वास्थ्य चौकी र राजपुर स्वास्थ्य चौकीबाट कोरोना बिरुद्धको भेरासेल खोप लगाउने तयारी गरिइएको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिए ।

यता बाणगंगा नगरपालिकामा पनि भोलि (मंगलबार) कोरोना खोप लगाइने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गरी ६२ देखि ६४ वर्षसम्मकालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो ।मोतिपुर स्वास्थ्य चौकी र पिपरा अस्पतालमा गएर खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ ।

वडा नम्बर ५,६,७,८ र ९ का मानिसहरुले मोतिपुर स्वास्थ्य चौकीबाट र वडा नम्बर १,२,३,४, १० र ११ का मानिसहरुले पिपरा अस्पतालबाट खोप लगाउन पाउने नगरका स्वास्थ्य प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।खोप लगाउन आउँदा नागरिता वा परिचय पत्र ल्याउन आग्रह गरिएको छ ।खोप भोलि जेष्ठ २५ र पर्सी जेष्ठ २६ गते लगाईने नगरले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ जेष्ठ २४, सोमबार १५:१५