बालगृहमा सहयोग लिएर पुगे लायन्स क्लव बाणगंगा र कपिलवस्तु जेसिज

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, २४ जेष्ठ
कोरोनामा निरन्तर मानवीय काम गर्दै आइरहेका कपिलवस्तु जेसिज र लायन्स क्लव अफ बाणगंगाले तौलिहवास्थित कपिलवस्तु बाल गृहमा ठुलो सहयोग गरेका छन् । कोरोनाको कारण बालगृहमा धेरै कुराको समस्या भएको थाहा पाएपछि बिभिन्न क्षेत्रबाट जुटाएको सहयोगले अक्सिजन सिलिण्डर, खाद्यान्न, खाना र लत्ता कपडा किनेर क्लवका पदाधिकारी तौलिहवा पुगेर सो सहयोग गरेका थिए ।

सहयोग ग्रहण गर्नु गर्दै बालगृहका गोपालमणी ज्ञवालीले सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो । कोरोनाको यस्तो जोखिममा पनि बालबालिकाको लागि गृहमै आएर सहयोग गर्ने संस्थाले ठुलो गुन लगाएको उहाँले बताउनु भयो । हेल्पिङ हेन्ड जापान टिमले मातृभूमिको लागि अक्सिजन तथा राहत अभियान संचालन गरेकोमा तौलिहवाको बालगृहमा उसले पनि सहयोग गरेको लायन्स क्लव अफ बाणगंगाका अध्यक्ष रमेश चन्द्र भुसालले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा कोरोना भाइरसको संक्रमण कम नहुँदासम्म नथाक्ने गरी आफूहरुले अभियाज जारी राखेको बताउनु भयो । देशविदेशबाट अभियानमा सबैको साथ रहँदा ठुलो योजनामा काम गर्न सकिने प्रेरणासमेत पाएको उहाँको भनाई छ ।

 


प्रकाशित : २०७८ जेष्ठ २४, सोमबार १५:१६