२०७८ जेष्ठ २५
नेत्रहीन युवा संघ रुपन्देही आयोजनामा रुपन्देही जिल्लामा रहेको २० जाना दृष्टि बिहिन अपाङ्गता भएको ब्यक्तिहरुको निम्ति राहत सामाग्री वितरण गरियको छ।
वितरण कार्यक्रम नेत्रहीन युवा संघ रुपन्देही अध्यक्ष टिकाराम पौडेल,कार्यसमिति सदस्य गङा भुसाल तथा सस्थाका सहयोगी नारायण मरासिनि प्रत्यक्ष रुपमा दृष्टि बिहिन भएका ब्यक्तीहरुको घरघरमा पुगि आवस्यकता अनुसार चामल ,दाल,तेल, नुन , खाना पकाउने ग्यास जस्ता अत्याआवस्यक सामाग्री प्रदान गरियको थियोे ।
नेत्रहीन युवा संघ रुपन्देही बाट जिल्लाका बुटवल उप(म,न,पा,,देबदह,सैनामैना,तिलोतमा,लुम्बिनी सास्कृतिक नगर पालिका,सियारी,सुधोधन ,गैडहवा गाउपालिका लगायतका पालिकाका २० जना जो अप्ठ्यारो मा परेका, आर्थिक रुपमा बिपन्न भएको ,कोठा भाडा लिइ बस्ने, धुप तथा फिनेल बेचबिखन गरि जिबिका सन्चालन गरेका ब्यक्तिहरुलाइ छनोट गरि राहात प्रदान गरिएको हो।
नेत्रहीन युवा संघ नेपालको आर्थिक सहयोगमा अघिल्लो बर्ष पहिलो चरणको कोरना संक्रमणको अवस्थामा समेत राहात सामाग्री वितरण गरिएको युवा संघ का अध्यक्ष टिकाराम पौडेलले जानकारी दिनु भयो।