रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०४ संक्रमित निको भएका छन् भने ६५ जनामा संक्रमण पुष्टि भएको छ । यसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ९७० भएको छ । आज तिलोत्तमा नगरपालिकामा १४ जना ,बुटवल उपमहानगरपालिकामा १२ जना, देवदह नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ६ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना, कञ्चन गाउँपालिका, सियारी गाउँपालिका, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिकामा ३३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २२ जना, मर्चवारी र कोटहीमाई गाउँपालिकामा ११ जना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ ।




















