
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १७३ जना निको भएका छन भने ४८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा १३÷१३ जनामा ,देवदह नगरपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैनामा ५÷५ जना, सुद्धोधन गाउँपालिकामा ३ जना, ओमसतिया गाउँपालिका, कञ्चन गाउँपालिकामा १÷१ जनामा संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ४९१ पुगेको छ । जसमध्ये २५ हजार ९५८ जना निको भएका छन । हाल जिल्लामा १ हजार ७६ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

