नुहाउने क्रममा डुबेर अर्घाखाँचीमा एक जनाको मृत्यु

[sharethis-inline-buttons]

जेठ २६ अर्घाखाँची ।
नुहाउने क्रममा डुबेर अर्घाखाँची सन्धिखर्क ११ गहतेका ४८ बर्षिय कुल बहादुर कुमालको मृत्यु भएको छ । खेतमा धानको ब्याड बनाएर घर फर्किने क्रममा रामपथ माटे बाँगी खोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको पिल्लर मुनि जम्मा भएको पानीमा नुहाउन पसेका कुमालको आज डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए । पुल मुनि जमेको धमिलो पानीको गहिराई थाहा नहुदा अपाङ्गता भएका कुमालको पौडी खेल्न नसक्दा घटनास्थलमै मृतयु भएको प्रहरीले जनाएको छ । शवलाई अहिले पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको छ ।


प्रकाशित : २०७८ जेष्ठ २६, बुधबार १३:२७