अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

जेठ २७
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भुमिका स्थानको ढिकुराबाट डेभातर्फ आज विहान जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा भुमिकास्थान –९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको छ । गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ । प्रहरीले घटना थप अनुसन्धान शुरु गरेको बताएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *